गठबन्धनकाे बैठक : फोहोर व्यवस्थापन र महँगी नियन्त्रणबारे सरकारको ध्यानाकर्षण
आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले काठमाडौंको फोहोर व्यवस्थापनको विषय चुनौती बनेका कारण सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिने निर्णय गरेको हो।
काठमाडौं, साउन २९ : सत्तारुढ गठबन्धनले राजधानीको फोहोर व्यवस्थापन र महँगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।
आइतबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले काठमाडौंको फोहोर व्यवस्थापनको विषय चुनौती बनेका कारण सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिने निर्णय गरेको हो ।
सिसडोल र बञ्चरेडाँडाका स्थानीयले फाहोर फाल्न पटकपट अवरोध गरेपछि काठमाडौंका सडकमा फोहोरका डंगुर थुप्रिन थालेका छन् । महानगरको एकल प्रयासले फोहोर व्यवस्थापनको विवाद समाधान नहुने भन्दै सरकारलाई सहजीकरण गर्न सुझाव दिने निर्णय गरेको हो ।
त्यस्तै महंगी नियन्त्रणका लागि बजार अनुगमन गर्न संयन्त्र बनाउन गठबन्धनले सरकारलाई सुझाव दिएको बालुवाटार स्राेतले जानकारी दियाे।
बैठकमा मंसिर ४ मा हुने चुनावलगायत समसामयिक राजनीतिबारे पनि छलफल भएको थियो।
प्रकाशित मिति: १८:४२ बजे, आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











