फोहाेर व्यवस्थापन अव्यवस्थित बनेको भन्दै काठमाडाैं एमालेद्वारा प्रदर्शन
काठमाडौं, साउन २९ : काठमाडौंको फोहाेर व्यवस्थापनको कार्य अव्यवस्थित भएको भन्दै नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रदर्शन गरेको छ।बिगत तीन चार महिनादेखि काठमाडौंको...
काठमाडौं, साउन २९ : काठमाडौंको फोहाेर व्यवस्थापनको कार्य अव्यवस्थित भएको भन्दै नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रदर्शन गरेको छ।
बिगत तीन चार महिनादेखि काठमाडौंको फोहाेर उठ्न नसकेको र बिभिन्न रोगको जोखिम बढेको भन्दै उनीहरुले आइतबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो।
अहिले गठबन्धन सरकारले फोहाेर व्यवस्थापनमा कुनै चासो नदिएको आरोप उनीहरुले लगाएका छन्। उनीहरुले फोहाेरको बैज्ञानिक ढंगले व्यवस्थापन गर्न सरकारलाई दवाव दिन प्रदर्शन गरिएको बताए।
प्रदर्शनमा सहभागीले कांग्रेस र गठबन्धनमा रहेका दलका कार्यकर्ताहरुले नै फोहाेर लैजाने गाडीहरुलाई अवरोध र तोडफोड गरेको आरोप लगाएका थिए।
उनीहरुले गठबन्धन सरकारको महानगरवासीलाई उपहार, काठमाडौं शहर फोहोरै फोहोरको शहर, हाम्रो फोहाेर कहिले उठ्ने, हामी स्वस्थ जीवन बाच्न चाहन्छौ लगाएतका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए।












