मुख्य प्रशिक्षक मनोज प्रभाकर भन्छन्– नेपाली ब्याट्सम्यानमा टेक्निकको अभाव छ, पहिला त्यसमै काम गर्छाैं
काठमाडाैं, साउन २९ : शनिबार साँझ मात्र नेपाल आइपुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आइतबार नेपाली खेलाडीको अभ्यास सत्र अवलोकन...
काठमाडाैं, साउन २९ : शनिबार साँझ मात्र नेपाल आइपुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले आइतबार नेपाली खेलाडीको अभ्यास सत्र अवलोकन गरे। र, दिउँसो पत्रकार सम्मेनलमा उपस्थित भए।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको खेलकुद पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली ब्याट्सम्यानमा टेक्निकको अभाव भएको भन्दै पहिलो त्यही सुधार गर्न लाग्ने बताए।
‘मैल बिहान केही सयम नेपाली खेलाडीहरुसँग बिताएँ। नेपाली खेलाडीले आईपिएल हेरेका छन्, धेरै टि–२० खेलेका छन्। उनीहरु छक्का प्रहार गर्न खोजिरहेका थिए। तर, उनीहरुको सटमा सही टेक्निक थिएन्,’ प्रभाकारले अन्तरक्रियामा भने, ‘अब म उनीहरुलाई टेक्निक सिकाउँछु, मसँग योजना छ। तर, परिवर्तन आजको भोली हुने चिज होइन, केही समय लाग्छ।’
प्रभाकरले ब्याट्सम्यानमा सही टेक्निक भए उसले जस्तो जुकै फर्म्याटमा रन बनाउन सक्ने बताए। उनले केएल राहुल, विराट कोहलीमा ब्याटिङको सही टेक्निक भएकैले उनीहरुले रन बनाउन सकेको बताए।
‘केएल राहुलले सही टेक्निकका साथ खेलेका छन्, र उनले सबै फर्म्याटमा सहजै शतक बनाइरहेका छन्। कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन्। टि–२० मा पावर गेम नै खेल्नुपर्छ भन्ने होइन, टेक्निक छ भने सहजै रन बनाउ सकिन्छ,’ उनले भने, यदि टेक्निक छ भने जुनसुकै फर्म्याटमा जुनसुकै बेला रन बनाउन सकिन्छ। अहिले नेपाली ब्याट्सम्यानहरुमा त्यही अभाव छु।’
नेपाल आएपछि उनले कुनै पनि देशको राष्ट्रिय टिमको प्रशिक्षक बन्नु आफैंमा चुनौतीपूर्ण भएको बताएका छन्। आफू हुर्केको भुगोल र नेपालको भौगोलिक अवस्था उस्तै भएकाले पनि आफू नेपाल आएको उनले बताएका छन्।
क्यानसँग एक वर्षको सम्झौता गरेर प्रभाकर नेपाल आएका हुन्। अर्को साता नेपाली टिमलाई लिएर केन्या भ्रमणमा निस्कने छन्। त्यहाँ नेपालले ५ टि–२० र ३ एकदिवसीय खेल्ने छ।











