Kathmandu Press

यु-१७ साफ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल भुटानसँग

काठमाडाैं, साउन २९ : नेपालले भुटानसँग खेल्दै आसन्न यू–१७ साफ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ।दक्षिण एसियाली फुटबल महासंघलेले आइतबार सार्वजनिक गरेको तालिका अनुसार...
यु-१७ साफ च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालको पहिलो खेल भुटानसँग

काठमाडाैं, साउन २९ : नेपालले भुटानसँग खेल्दै आसन्न यू–१७ साफ च्याम्पियनसिपको सुरुआत गर्ने भएको छ।

दक्षिण एसियाली फुटबल महासंघलेले आइतबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले प्रतियोगिताको पहिलो प्रतिद्वन्द्वीका रुपमा भुटानलाई पाएको छ। नेपाल र भुटान बीचको खेल सेप्टेम्बर ७ मा हुने छ। सोही दिन बंगलादेश र माल्दिभ्सबीच पनि खेल हुनेछ।

नेपालसँगको खेलअघि सेप्टेम्बर ५मा भुटानले भारतको सामाना गर्ने छ। सोही समूह एमा रहेका बंगलादेश र आयोजक श्रीलंका पनि भिड्ने छन्।

समूह बीचमा रहेको नेपालले समूम चरणको दोस्रो खेल भारतसँग सेप्टेम्बर ९ मा खेल्ने तालिका छ। सोही समूह एको खेलमा श्रीलंका र माल्दिभ्स भीड्ने छन्। श्रीलंका हुने प्रतियोगिता सेप्टेम्बर ५ बाट सुरु भएको सेप्टेम्बर १४ सम्म चल्ने छ।

दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन्। सेमिफाइनल सेप्टेम्बर १२ र फाइनल सेप्टेम्बर १४मा हुने छ। प्रतियोगिताका लागि नेपालले खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरिरहेको छ।

मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले अहिले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण दिइरहेका छन्।

प्रकाशित मिति: १७:१४ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्