Kathmandu Press

पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

डोल्पा, साउन २९ : डोल्पाको त्रिपरासुन्दरी नगरपालिका–३ स्थित जिउभन्ने स्थानमा एक  स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।आज बिहान करिब ९ बजेतिर बाटो...
पहिरोमा स्काभेटर पुरिँदा चालकको मृत्यु

डोल्पा, साउन २९ : डोल्पाको त्रिपरासुन्दरी नगरपालिका–३ स्थित जिउभन्ने स्थानमा एक  स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ।

आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उनले बताए।

प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै  डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो।     

प्रकाशित मिति: १७:०१ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्