Kathmandu Press

‘तीनै तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभए आन्दोलन’

काठमाडाैं, साउन २९ : नेपाल निजामती कर्मचारी संगठनले आफूहरुको माग बमोजिम तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।आइतबार...
‘तीनै तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभए आन्दोलन’

काठमाडाैं, साउन २९ : नेपाल निजामती कर्मचारी संगठनले आफूहरुको माग बमोजिम तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।

आइतबार काठमाडौंमा केन्द्रीय कार्य समितिको दोस्रो बैठकको निर्णय सार्वजनिक गर्दै संगठनका अध्यक्ष लेखनाथ कोइरालाले आफूहरुको मागबमोजिम तीन तहको कर्मचारीलाई मार्गनिर्देशन गर्ने ऐन जारी नभएमा संगठनको नेतृत्वमा चरणबद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी दिएका हुन्।

उनले आवश्यक परे आन्दोलनका लागि अन्य ट्रेड युनियनलाई समेत आह्वान गरिने जानकारी दिए। प्रस्तावित संघीय निजामती सेवा ऐन स्थानीय, प्रदेश र केन्द्रीय तीन तहमा कार्यरत कर्मचारीहरुलाई मार्गनिर्देशन गर्ने मूल कानुन निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारले ढिलासुस्ती गरेको भन्दै उनले आपत्ति जनाए। अध्यक्ष कोइरालाले नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समितिको बैठकले दुरगामी महत्व राख्ने निर्णयहरु गरेको बताए।

उहाले दोस्रो बैठकमा लेखापरिक्षण, अनुशासन आयोग र निर्वाचन आयोगका अध्यक्ष तथा सदस्यहरुलाई २ दिने प्रशिक्षण दिएको बताए।

साउन २६,२७ र २८ गते भक्तपुरको गठ्ठाघरमा सम्पन्न भएको बैठकले महासचिव जीवन काफ्लेद्वारा प्रस्तुत 'सांगठनिक प्रतिवेदन' र कोषाध्यक्ष गणेशप्रसाद आचार्यद्वारा प्रस्तुत 'आर्थिक प्रतिवेदन' सुझावसहित सर्वसम्मत पारित गरेको संगठनले जनाएको छ। 

प्रकाशित मिति: १६:४१ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्