उपत्यकामा थप २०५ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३,६४५
काठमाडौं, साउन २९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १ सय ५२, ललितपुरमा...
काठमाडौं, साउन २९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १ सय ५२, ललितपुरमा ४८ र भक्तपुरमा ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ४५ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ६ सय ६८, ललितपुरमा ९ सय २१ र भक्तपुरमा ५६ रहेको मन्त्रालयले जनाएको छ।
आइतबार देशभर ४ सय ५५ जना जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३५ पुगेको छ।
प्रकाशित मिति: १६:३८ बजे, आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











