Kathmandu Press

कोरोनाबाट थप २ जनाको मृत्यु, नयाँ संक्रमित ४५५ जना

देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
कोरोनाबाट थप २ जनाको मृत्यु, नयाँ संक्रमित ४५५ जना

काठमाडाैं, साउन २९ : पछिल्लाे २४ घन्टामा नेपालमा थप ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको २ हजार ३ सय ८ पिसिआर परीक्षणका क्रममा ३ सय ५ जना र २ हजार ५ सय २१ एन्टीजेन परिक्षणका क्रममा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै थप ३ सय २ संक्रमित निको हुँदा हालस्म्म नेपालमा ९ लाख ७५ हजार ६ सय ९ जना निको भएका छन्। हाल नेपालमा ५ हजार ४ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:२३ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्