विधेयक पारित गर्न गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
काठमाडाैं, साउन २९ : प्रतिनिधिसभाको आज (आइतबार) को दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ । आजको पहिलो बैठक...
काठमाडाैं, साउन २९ : प्रतिनिधिसभाको आज (आइतबार) को दोस्रो बैठक विधेयक पारित गर्न आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि स्थगित भएको छ ।
आजको पहिलो बैठक पनि गणपूरक सङ्ख्या अपुग भएपछि स्थगन भएको थियो।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले बैठकमा गणपूरक सङ्ख्याको प्रश्न उठाएपछि सभामुख अग्निप्रसाद सापकोटाले तीन मिनेट जनाउ घण्टी बजाएर गणना गर्न निर्देशन दिएका थिए।
गणना हुँदा गणपूरक सङ्ख्या ६९ हुनुपर्नेमा उपस्थिति सङ्ख्या ६७ मात्रै भएपछि आजको कार्यसूची हटाएर अर्को बैठक यही साउन ३१ गतेका लागि तोकिएको हो।
अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको 'सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९' लाई निर्णयार्थ प्रस्तुत गर्न गणपूरक सङ्ख्या अपुग भएको हो।
प्रकाशित मिति: १६:१० बजे, आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











