Kathmandu Press

राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोसिसमा गठबन्धन : ओली

काठमाडाैं, साउन २९ : एमाले अध्यक्ष केपी ओलीले राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोसिसमा गठबन्धन रहेकाे आरोपलगाएका छन्।आइतबार काठमाडौंमा राष्ट्रिय आर्थिक मासिकको १२औं...
राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोसिसमा गठबन्धन : ओली

काठमाडाैं, साउन २९ : एमाले अध्यक्ष केपी ओलीले राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोसिसमा गठबन्धन रहेकाे आरोपलगाएका छन्।

आइतबार काठमाडौंमा राष्ट्रिय आर्थिक मासिकको १२औं वार्षिकोत्सव समारोहमा अध्यक्ष ओलीले गठबन्धन सरकारले जस्तो सुकै कदम चालेर र राज्यसंयन्त्रको दुरुपयोग गरेर निर्वाचन जित्ने कोशिस गरेको आरोप लगाएका हुन्।

उनले अहिले नेताहरुको ध्यान श्रीमतीलाई प्रधानमन्त्री बनाउनतर्फ केन्द्रित भएको टिप्पणी पनि गरे। उनले आफूले घुँडा टेक्ने हो भने सरकार बनाउन कुनै गाह्राे नभएको बताए। कसैको प्रधानमन्त्री हुने मोहले देशको भविष्यसँग खेलबाड गर्न नहुने उनले स्पषट पारे।

त्यस्तै अध्यक्ष ओलीले एमालेले गत स्थानीय निर्वाचनमा कुनै पनि स्थानमा हमला नगरेको बरु एमालेका कार्यकर्ता मारिएको र घाइते हुनुपरेको बताए।

अहिले सवैको ध्यान मुलुकको विकासमा केन्द्रित हुनुपर्ने भए पनि नेताहरुमा समृद्ध नेपाल सुखी नेपाली भन्ने हिम्मत नआएको उनले बताए।

उनले मुलुकको स्रोतसाधनको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए। कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति: १४:४८ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्