गाडीले बाख्रा मारेपछि सिसडाेलवासीद्वारा फाेहोर फाल्न अवरोध
काठमाडौं, साउन २९ : काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बन्चरेडाँडा जाने क्रममा काबेरी गाउँका बाख्रा मरेपछि त्यहाँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द...
काठमाडौं, साउन २९ : काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडीले बन्चरेडाँडा जाने क्रममा काबेरी गाउँका बाख्रा मरेपछि त्यहाँका बासिन्दाले क्षतिपूर्ति माग गरेर बाटो बन्द गरेका छन्।
आज (बिहान) ककनी गाउँपालिकाको काबेरी गाउँमा बाख्रा मारिएपछि स्थानीय अवरोधमा उत्रिएका कारण फोहोर बोकेर गएका सयौं गाडी रोकिएका छन्।
काठमाडौंको फोहोर लामो समयदेखि उठ्न नसक्दा काठमाडौंको सडक पेटीमा फोहोर थुप्रिँएर जनजीवनमा असर परेको छ।
कलंकी, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहोर घरघरमा, सडक किनारा, चोकचोकमा थुप्रिँदा विभिन्न समस्या निम्तिएका छन्।
केही दिनअघि सिसडोलमा रातको समयमा फोहोर बोकेको ट्रक तोडफोड भएको थियो। सो घटनापछि काठमाडौं महानगरपालिकाले आज (आइतबार) देखि प्रहरीको सुरक्षामा फोहोरका गाडी बञ्चरेडाँडातर्फ लैजान थालेको थियो। तर आजैदेखि बाख्रा मरेको निहुँमा स्थानीयले फोहोर रोकेका हुन्।











