Kathmandu Press

मधेस प्रदेशमा प्रहरी समायोजनको माग : मुख्यमन्त्रीकै नेतृत्वमा मन्त्रीहरू धर्नामा

संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरू प्रदेश प्रमुख कार्यालय परिसरमा धर्ना बसेका हुन्।
मधेस प्रदेशमा प्रहरी समायोजनको माग : मुख्यमन्त्रीकै नेतृत्वमा मन्त्रीहरू धर्नामा

जनकपुरधाम, साउन २९ : प्रहरी समायोजनको माग राखेर मधेस प्रदेश सरकारका मन्त्रीहरुले आइतबारदेखि धर्ना दिन सुरु गरेका छन्।

संघीय सरकारले प्रहरी समायोजन गर्न ध्यान नदिएको भन्दै मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरू प्रदेश प्रमुख कार्यालय परिसरमा धर्ना बसेका हुन्।

धनार्मा मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, गृह तथा सञ्चारमन्त्री भरत साह, खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा, राज्यमन्त्री रुबी कर्णलगायत सहभागी छन्।

शनिबार पत्रकार सम्मेलन गररे गृह तथा सञ्चारमन्त्री साहले लामो समय बित्दा पनि संघीय सरकारले प्रहरी समायोजन नगरेको भन्दै विरोधस्वरुप प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बस्न लागेको जानकारी दिएका थिए।

प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न प्रधानमन्त्रीलाई भेटेर आग्रह गर्दा, अल्टिमेटमसहित ज्ञापन पठाउँदा पनि कुनै सुनुवाइ नभएपछि मन्त्री साहले पहिलो चरणको आन्दोलन घोषणा गरेका थिए।  जसअनुसार आइतबारदेखि एक सातासम्म दैनिक २ घण्टा धर्ना दिइने कार्यक्रम तय गरएिको छ।

एक सातासम्म पनि संघीय सरकारले ध्यान नदिए अर्को चरणको कार्यक्रम सार्वजनिक गर्ने प्रदेश सरकारले जनाएको छ।

प्रकाशित मिति: १३:३९ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्