Kathmandu Press

नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै सांसदहरूकाे आपत्ति 

काठमाडाैं, साउन २९ : सांसदहरुले नागरिकता विधेयकमा प्रमाणिकरणमा ढिलाई भएको भन्दै आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरुले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणिकरणमा...
नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भएको भन्दै सांसदहरूकाे आपत्ति 

काठमाडाैं, साउन २९ : सांसदहरुले नागरिकता विधेयकमा प्रमाणिकरणमा ढिलाई भएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको विशेष समयमा उनीहरुले कुनै पनि बहानामा नागरिकता विधेयकमा प्रमाणिकरणमा ढिलाइ गर्न नहुनेसमेत बताएका छन्।

बैठकमा सांसद लीलादेवी सिटौलाले राष्ट्रपतिजस्तो गरिमामय पदमा बसेका व्यक्तिले सरकारले पठाएको बिधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताइन्।

उनले धेरै नागरिक नागरिकताविहीन भएर आत्महत्या समेत गर्न बाध्य हुने अवस्था आएपनि शिर्ष नेताहरु गम्भीर हुन नसकेको धारणा राखिन्।

त्यस्तै बैठकमा सांसद सरिता कुमारी गिरीले अविलम्ब नागरिकता विधेयक प्रमाणीकरण गर्न माग गरिन्। उनले नागरिकता नपाउदा हजारौ युवाहरु अलपत्र परेको अस्थामा नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गर्न नहुने बताए।

नागरिकता विधेयक संसदबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको करिब दुई साता हुँदा पनि प्रमाणीकरण भएको छैन। 

प्रकाशित मिति: १३:२८ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्