Kathmandu Press

हर्क साम्पाङ भन्छन्- फोहोर नउठेर काठमाडौंको बिजोग भएको देख्दा श्रमदान गर्न मन लाग्याे

काठमाडौं, साउन २९ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फोहोर व्यवस्थापन हुन नसकेर काठमाडौंको बिजोग भएको देख्दा श्रमदान गर्न मन लागेको बताएका छन्।उनले...
हर्क साम्पाङ भन्छन्- फोहोर नउठेर काठमाडौंको बिजोग भएको देख्दा श्रमदान गर्न मन लाग्याे

काठमाडौं, साउन २९ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले फोहोर व्यवस्थापन हुन नसकेर काठमाडौंको बिजोग भएको देख्दा श्रमदान गर्न मन लागेको बताएका छन्।

उनले आज (आइतबार) सामाजिक सञ्जालमार्फत त्यस्तो धारणा राखेका हुन्।  ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लागो!’ उनले फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्री र मन्त्रीहरू बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो।’

काठमाडौं महानगरपालिकाको फोहोर अढाइ महिनादेखि उठ्न सकेको छैन।  जसले गर्दा काठमाडौंको सडक पेटीमा फोहोर थुप्रिँदा दैनिक जनजीवनमा असर परेको छ।

कलंकी, कालीमाटी, बल्खु, अनामनगर, थापागाउँ, बानेश्वर, कोटेश्वरलगायत स्थानमा लामो समयदेखिको फोहोर सडक किनारामा हुँदा थुप्रिँदा विभिन्न समस्या निम्तिएका छन्। यही अवस्थालाई लक्षित गरेर साम्पाङले सामाजिक सञ्जालमा त्यस्तो लेखेका हुन्।

धरान उपमहानगरको विकास निर्माणसम्बन्धी कामले उनी उनी काठमाडौं आएका छन्। स्वतन्त्र उठेर मेयर बनेका उनले धरानको खानेपानी समस्या समाधान, वृक्षरोपण, लागुऔषध नियन्त्रण, सहरको सरसफाइका लागि धरानवासीलाई श्रमदानमा जुट्न झकझकाउँदै आएका छन्।

प्रकाशित मिति: १३:१५ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्