Kathmandu Press

फोहाेर व्यवस्थापनको ठोस प्रस्ताव ल्याउन बालेनलाई योगेशकाे सुझाव

काठमाडाैं, साउन २९ : नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहाेर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले...
फोहाेर व्यवस्थापनको ठोस प्रस्ताव ल्याउन बालेनलाई योगेशकाे सुझाव

काठमाडाैं, साउन २९ : नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंको फोहाेर उठाउन सरकारको हुती नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा भट्टराईले काठमाडौंमा फोहाेर नउठेको ७१ दिन हुँदा पनि प्रधानमन्त्रीले कुनै पहल नगरेको र मन्त्रीहरु बेखबर रहेको भन्दै फोहाेर उठाउन सरकारको हुती नभएको बताएका हुन्।

उनले काठमाडौंमा फोहाेर नउठ्दा हैजा र झाडापखालाको महामारीको खतराका साथै उपत्यकाको सौन्दर्य नै गुम्ने खतरा भएकाले फोहाेर व्यवस्थापनको ठोस प्रस्ताव लिएर आउन काठमाडौंका मेयर बालेन्द्र (बालेन) साहलाई सुझाव दिए।

वर्तमान सरकारको भर परे काठमाडौंका मेयर साह असफल हुने उनको भनाइ छ। भट्टराईले एमालेसँग भिजन र दृष्टिकोण रहेकाले काठमाडौंका मेयरलाई सहयोग गर्न तयार रहेको बताए। 

प्रकाशित मिति: १२:२६ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्