Kathmandu Press

सरकारले देशको हितमा कुनै काम गर्न नसकेको ओलीकाे आरोप

काठमाडाैं, साउन २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। आइतबार...
सरकारले देशको हितमा कुनै काम गर्न नसकेको ओलीकाे आरोप

काठमाडाैं, साउन २९ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको हित र विकासका कुनै काम गर्न नसकेको आरोप लगाएका छन्। 

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विकासका धेरै कार्यक्रम ल्याएपनि वर्तमान सरकारले निरन्तरता दिन नसकेको आरोप लगाएका हुन्।

उनले यसअघिको एमाले सरकारले विभिन्न राजमार्ग, देशैभर ३९६ अस्पताल लगाएका विभिन्न आयोजनाको शिलान्यास गरे पनि वर्तमान सरकारले पैसा अभाव भएको भन्दै उक्त आयोजनालाई निरन्तरता दिन नचाहेको बताए।

आफू प्रधानमन्त्री हुँदा लिपुलेक लिम्पियाधुरा, कालापानी फिर्ताका लागि पत्राचार नै गरेपनि अहिलेको सरकारले आफ्नो भूभागलाई समस्याका रुपमा चित्रण गरेको उनको भनाइ छ।

ओलीले मुलुकको बिकासका लागि स्वच्छ सरकार बन्नुपर्ने र त्यागी नेता हुनुपर्ने जिकिर गर्नुभयो। आफ्नो पार्टीले सदैव युवाहरुलाई अवसर दिएको भन्दै ओलीले युवाहरुले नै देशलाई बनाउनुपर्ने अवस्था आएको धारणा राखे। उनले आफू सदैव देशका लागि समर्पित भएको र बाचुञ्जेल देशको सेवा गर्ने बताए।

त्यस्तै अध्यक्ष ओलीले आफूसँग उपचार गर्ने पैसा समेत नभएको बताए। आफ्नो र पत्नीको नाममा रहेको घर र जग्गा दान गरिसकेको बताउँदै उपचारका लागि आवश्यक परे त्यसलाई बेच्न पनि नसक्ने उनले बताए।

प्रकाशित मिति: १२:२१ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्