Kathmandu Press

काठमाडौं क्षेत्र नं २ बाट उम्मेदवारी दिने राप्रपा केन्द्रीय सदस्य पोखरेलको घोषणा

काठमाडौं, साउन २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले संघीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडाैं क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
काठमाडौं क्षेत्र नं २ बाट उम्मेदवारी दिने राप्रपा केन्द्रीय सदस्य पोखरेलको घोषणा

काठमाडौं, साउन २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की केन्द्रीय सदस्य कुन्तीदेवी पोखरेलले संघीय निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि काठमाडाैं क्षेत्र नं २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। राष्ट्रवादी शक्ति बलियो बनाउन र जनताको सेवा गर्न चुनाव उठन लागेको उनले बताइन । शनिवार भएको राष्ट्रिय प्रजातान्त्रिक पार्टीको ९राप्रपा० बृहत संगठन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै कार्यक्रम उनले सो कुरा बताएकी हुन्  । 

कार्यक्रममा उपस्थित राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देल , पुर्व अध्यक्ष पशुपति शम्सेर जबरा, पुर्व अध्यक्ष डा। प्रकाश चन्द्र लोहनी र कामपाका नवनिर्वाचित राप्रपाका वडा अध्यक्ष कर्णे ध्वजको उपस्थिति रहेको थियो । 

पोखरेले प्रचण्ड दिल्ली गएर नागरिकता विधेक पास गरेको आरोप लगाएकी छन् । ‘यस्तै हो भने तिन करोड नेपाली छ करोड हुन कति पनि समय नलाग्ने र केहि समय पछि हाम्रो कार्यकारी पदमा पनि भारतीय नगरिकको प्रवेश हुनसक्ने र केहि समयपछि नेपाल देशको पनि अस्तित्व रहँदैन,’ उनले भनिन्,‘त्यसैले म अगाडि बढेको छु, तपाइहरुको साथ सहयोग चाहिन्छ, तपाईहरुको सामु म काठमाडौ क्षेत्र नं २ बाट संसदीय चुनाब लडदै छु, पार्टीको आशीर्वाद र पार्टीको एउटा बिधिबाट म उम्मेदवारका रुपमा छानिय भने बहुमतका साथ क्षेत्र नम्बर दुईमा म जित्छु ।’

पोखरेलले पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाइ राप्रपासँग गठबंधन गरेर दुई पार्टी मिलेर देश जोगाउन सहकार्य गरेर चुनाब लडन आग्रह समेत गरिन्।

‘जित पक्का छ भनेर मात्र हुदैन , घर घरमा एजेन्डा स्थापित गर्न जानुपर्छ , जनतालाई एजेन्डा बुझाउनु सक्नुपर्छ, एक भयर लाग्नु पर्छ,’ उनले भनिन् । महाधिवेशनमा नम्बर वान भोट ल्याएर जितेको नाताले म क्षेत्र नम्बर २ मा संसदिय चुनाव उठन पाउ भनेर पार्टीलाइ पनि अनुरोध गरेकी छन् ।

‘काठमाडौको क्षेत्र नं २ भनेको राप्रपाको पकड भएको क्षेत्र हो, राप्रपाले संसदीय चुनाब जित्छ जित्छ , कुन्ति पोखरेल आउछ आउछ,’ भन्दै आफुले जित्ने आधार प्रस्तुत गरिन । वडा, प्रदेश, क्षेत्र सबै ठाँउबाट सर्बसम्बत रुपमा सबैको सहमति भएर आयो भने म चुनाब जित्छु पोख्रेलको दाबी छ । यस्का साथै एता उता केही नगरि सबै साथीहरुलाइ आफुलाई साथ् सहयोग गर्न अनुरोध गरेकी छन्।

प्रकाशित मिति: १०:३८ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्