आगामी चुनावका लागि ४० दल दर्ता
काठमाडौं, साउन २९ : आगामी आम निर्वाचनका लागि अहिलेसम्म निर्वाचन आयोगमा ४० दल दर्ता भएका छन्।सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश...
काठमाडौं, साउन २९ : आगामी आम निर्वाचनका लागि अहिलेसम्म निर्वाचन आयोगमा ४० दल दर्ता भएका छन्।
सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ। यसका तयारीका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ।
अब दल दर्ताको समय तीन दिन बाँकी छ। अहिलेसम्म ४० दल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। मंगलबारसम्म दल दर्ता गर्न सकिनेछ।
अहिलेसम्म निर्वाचन आयोगका ११६ दल दर्ता छन्। उनीहरुमध्ये आगामी चुनावमा भाग लिन ४० दलले निवेदन दिएका हुन्।
प्रतिनिधिसा र प्रदेशसभा भाग लिने प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ। आयोगले प्रत्येक प्रदेशका लागि छुट्टाछुट्दै दल दर्ता गर्नुपर्ने जनाएको छ।
प्रकाशित मिति: ०९:०२ बजे, आइतबार, साउन २९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











