Kathmandu Press

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं, साउन २९ : चार दिनपछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। सचिवालयले...
प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं, साउन २९ : चार दिनपछि आज प्रतिनिधिसभाको बैठक बस्न लागेको छ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ। सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठकका आठ वटा कार्यसूची रहेका छन्। पहिलो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले बीमा सम्बन्धी विधेयक पेश गर्नेछन्।

संघीय संसद्मा दर्ता भएको चार वर्षपछि बीमा सम्बन्धी विधेयक पेश हुन लागेको हो। यो विधेयक २०७५ असार २७ गते संसद्मा दर्ता भएको थियो।

त्यस्तै, अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने सम्भावित कार्यसूची रहेको छ।

आजै शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६ लाई पारित गरियोस् भन्ने प्रस्ताव यातायातमन्त्री मोहम्मद इस्तियाक राईले पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

प्रकाशित मिति: ०८:०६ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्