Kathmandu Press

पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, साउन २९: मनसुनी वायुको प्रभावले आज देशका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको...
पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं, साउन २९: मनसुनी वायुको प्रभावले आज देशका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षा हुने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ। जसले गर्दा हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।

अहिले गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, बागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज दिउसो सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरूमा  र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

प्रकाशित मिति: ०७:१३ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्