Kathmandu Press

अझै भेटिएनन् महाकालीमा बगेका दुई बालिका

बैतडी, साउन २९ : महाकाली नदीमा बगेका दुई बालिका अझै पनि भेटिएका छैनन्।साउन २७ गते दिउसो दशरथ चन्द नगरपालिका– ८ सांगडीका १५ वर्षीया...
अझै भेटिएनन् महाकालीमा बगेका दुई बालिका

बैतडी, साउन २९ : महाकाली नदीमा बगेका दुई बालिका अझै पनि भेटिएका छैनन्।

साउन २७ गते दिउसो दशरथ चन्द नगरपालिका– ८ सांगडीका १५ वर्षीया कविता टमटा र १५ वर्षीया संगीता टमटाको महाकाली नदीमा बगेका थिए। नुहाउने क्रममा बगेर बेपत्ता भएका बालिका अझै नभेटिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

उनीहरूको खोजीका लागि महाकाली नदी किनारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा पनि खोजिमा जुटेका छन्।

‘महाकाली नदी तटीय क्षेत्रको बैतडीसहित डडेलधुरा र कञ्चनपुरका साथै भारतीय सीमा सुरक्षा बललाई पनि खोजीका लागि भनिएको सहायक प्रमुख जिल्ला अधिकारी भारतीले बताए।

दुवै बालिका भारतको झुलाघाटस्थित राजकीय इन्टरकलेजमा कक्षा १० मा अध्ययन गर्दै थिए।

प्रकाशित मिति: ०६:५७ बजे, आइतबार, साउन २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्