सुन्दरीजल खोलामा खसेका पुरूषकाे तीन घण्टापछि जीवित उद्दार
काठमाडाैं, साउन २८ : काठमाडौंस्थित सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका एक पुरूषको जीवित उद्धार गरिएकाे छ। शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा...
काठमाडाैं, साउन २८ : काठमाडौंस्थित सुन्दरीजल खोलामा खसेर बेपत्ता भएका एक पुरूषको जीवितै उद्धार गरिएकाे छ। शनिबार दिउँसो साढे २ बजे सुन्दरीजल खोलामा चिप्लिएर खसेका पुरूषको प्रहरीले उद्धार गरेको हाे।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरी प्रभाग सुन्दरीजल र प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोलीले उनकाे उद्दार गरेकाे हाे।
एक पुरूष चिप्लिएर खोलामा खस्दा बगाएको छ भन्ने खबर प्रहरीलाई प्राप्त भएपछि खटिएकाे टाेलीले उनकाे ढुंगामा अड्किरहेको अवस्थामा जिवितै उद्दार गरेकाे हाे।
दिउँसाे साढे २ बजे खाेलामा खसेका पुरूषकाे अपराह्न सवा ५ बजे उद्धार गरिएको थियाे।
घटनास्थलमा स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाको टोली समेत खटिएको थियो।
प्रकाशित मिति: १८:५१ बजे, शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











