‘कांग्रेस-कम्युनिस्टको चक्रव्यूहबाट देशलाई मुक्त गर्न आगामी निर्वाचन अवसर’
काठमाडाैं, साउन २८ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।शनिबार काठमाडौंमा आयोजित...
काठमाडाैं, साउन २८ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिष्टको चक्रव्यूहबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले कांग्रेस र कम्युनिष्टका कारण मुलुक बबार्दीतर्फ गईरहेको भन्दै उनीहरुको चक्रव्युबाट देशलाई मुक्त गर्न निर्वाचनलाई अवसरको रुपमा लिनुपर्ने बताएका हून्।
लोकतन्त्र र गणतन्त्रको नाममा भ्रष्टाचार र लुटतन्त्र मच्चाएको भन्दै अवको निर्वाचनमा जनता सचेत हुनुपर्ने उनले बताए। उनले मंसिर ४ गतेको निर्वाचनलाई सामान्य नियमित प्रक्रिया मात्र नसम्झन आग्रह गरे।
लिङ्दनेले देशलाई सहि दिशामा अघि बढाउन श्रीलंकाको जनताजस्तो हालतमा लाठी नभई स्वस्तीक छापलाइ सहि ढंगले प्रयोग गर्नुपर्ने जिकिर गरे।
उनले नेपाली जनता भएर दलदलमा फसेको देशलाई निकाल्न सबैले प्रण गर्नुपर्ने बताए। कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्तालाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए।











