Kathmandu Press

‘न्यायोचित व्यवहार नभए पार्टीभित्र भागबन्डा खोजिन्छ’

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुले न्यायोचित निर्णय नभए पार्टीभित्रै भागबन्डा खाेज्नुपर्नेमा जोड दिएका छन्।नेता कोेइरालाको अगुवाइमा शनिबार भएको छलफलमा...
‘न्यायोचित व्यवहार नभए पार्टीभित्र भागबन्डा खोजिन्छ’

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरुले न्यायोचित निर्णय नभए पार्टीभित्रै भागबन्डा खाेज्नुपर्नेमा जोड दिएका छन्।

नेता कोेइरालाको अगुवाइमा शनिबार भएको छलफलमा नेताहरूले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेका कारण भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताए।

छलफलपछि पत्रकारहरुसँग कुराकानी गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको व्यवहारले मंसिर ४ गते संसदीय निर्वाचनमा न्यायोचित व्यवहार हुने नदेखिएको स्पष्ट पार्दै भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताए।

‘आठ महिनामा एक दर्जन निर्णय भए। प्रतिस्पर्धी समूहका एकजनालाइर् पनि समेटिइएन। राष्ट्रियसभाको निर्वाचन, स्थानीय तह निर्वाचन केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहसँग सभापतिले सल्लाह पनि गर्नुहुन्न। यसबाट आगामी संसदीय निर्वाचनमा पनि कसैलाई समेट्नुहुन्न,’ उनले भने ।

‘न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्लस चाहिन्छ,’ घिमिरेले भने,  ‘सभापतिले भिभावकीय ठाउँबाट नसोचेका कारण यो विवाद आउने नै थिएन। अब अस्तित्वको लडाइ लड्नुपर्ने बेला आएको छ।’

प्रकाशित मिति: १६:५१ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्