Kathmandu Press

काठमाडौं उपत्यकामा ९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ४७, ललितपुरमा ४१ र भक्तपुरमा ६ जना...
काठमाडौं उपत्यकामा ९४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, साउन २८ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

तीमध्ये काठमाडौंमा ४७, ललितपुरमा ४१ र भक्तपुरमा ६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ६ सय ७ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ६ सय ३९, ललितपुरमा ८ सय ९५ र भक्तपुरमा ७३ रहेको मन्त्रालयले जनाएको छ।

शनिबार देशभर २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय ३४ पुगेको छ।

प्रकाशित मिति: १६:०० बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्