Kathmandu Press

थपिए २६३ कोरोना संक्रमित, २ जनाको मृत्यु

थप ५ सय १ संक्रमित निको हुँदा हालसम्म नेपालमा निको  हुनेकाे संख्या ९ लाख ७५ हजार ३ सय ७ पुगेकाे छ।
थपिए २६३ कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडाैं, साउन २८ : नेपालमा थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ३ सय ९९ पिसिआर परीक्षणका क्रममा १ सय ६२ जना र १ हजार ७ सय ६६ एन्टिजेन परीक्षणका क्रममा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै कोरोनाका कारण थप २ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८६ जनाको मृत्यु भएको छ।

त्यस्तै थप ५ सय १ संक्रमित निको हुँदा हालसम्म नेपालमा निको  हुनेकाे संख्या ९ लाख ७५ हजार ३ सय ७ पुगेकाे छ। हाल नेपालमा ५ हजार ४ सय ३४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: १५:५२ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्