पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तहमा धेरै सिट गुमाउनुपर्याे : प्रचण्ड
काठमाडाैं, साउन २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा पार्टीले ५० भन्दा बढी स्थान गुमाउनुपरेको बताएका...
काठमाडाैं, साउन २८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तह निर्वाचनमा पार्टीले ५० भन्दा बढी स्थान गुमाउनुपरेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारणसभा कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीका नेताहरुमा वैचारिक विचालन आएको र पार्टीभित्रको अन्तरविरोधका कारण स्थानीय तहका धेरै सिट गुमाउनुपरेको बताए।
उनले संघ र प्रदेशको निर्वाचन आइरहेका बेला पार्टीलाई एकताबद्ध ढंगले अघि बढाए देशको नेतृत्व माओवादीले गर्ने अवसर प्राप्त हुने धारणा राखे।
अहिले पनि जनतामा माओवादीप्रति आशा र भरोसा नटुटेको तर केही नेताहरुमा पार्टी नेतृत्वप्रतिको विश्वास धर्मराएको जिकिर गरे। अहिलेको ठुलाे चुनौती भनेकै पार्टी भित्रकै नेताहरुलाई मिलाउने रहेको उनको भनाइ छ।
प्रचण्डले संविधान रक्षाका लागि बनेको गठबन्धनलाई अघि बढाए मुलुकको परिवर्तनलाई थप बिकसित गर्न आवश्यक रहको पनि बताए।











