Kathmandu Press

अर्जुननरसिंह केसीले भने- टिकट वितरणमा मनपरी नहाेस्

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गठबन्धनका नाममा टिकट वितरण गर्दा मनपरी नहाेस् भन्नेमा सबै सचेत बन्नुपर्ने बताएका छन्।आज (शनिबार)...
अर्जुननरसिंह केसीले भने- टिकट वितरणमा मनपरी नहाेस्

काठमाडौं, साउन २८ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गठबन्धनका नाममा टिकट वितरण गर्दा मनपरी नहाेस् भन्नेमा सबै सचेत बन्नुपर्ने बताएका छन्।

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग बोल्दै उनले पार्टीभित्र अन्याय हुने गरी टिकट वितरण नगर्न पार्टी नेतृत्वलाई अनुरोध गरे। मापदण्ड नमिचीकन टिकट वितरण गर्नुपर्नेमा उनले जोड दिए।

‘एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस्,’ उनले भने, ‘यत्यस्तो भयो भने परिणाम गम्भीर बनाउन सक्छ।’ टिकट वितरणमा जथाभाबी भएको अवस्थामा गठबन्धनको लक्ष्यसमेत पूरा नहुने उनले बताए।

उनले पार्टीको संस्थापन पक्षले विविध पक्ष समेटिने गरी न्यायोचित ढंगले टिकट वितरण गर्नुपर्ने बताए। ‘कांग्रेसभित्रको विविधतालाई चिर्न सकएिन भने निर्वाचनको परिणाममा गम्भीर असर पर्छ,’ उनले भने।

प्रकाशित मिति: १५:०९ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्