Kathmandu Press

कांग्रेस-एमालेको सहयोगमा राजसंस्था फर्काएर हिन्दु राष्ट्र कायम गर्न सकिन्छ : लिङ्देन

काठमाडौं, साउन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमालेको सहयोग लिएर नेपालमा राजसंस्था फर्काएर हिन्दु राष्ट्र कायम गर्न सकिने...
कांग्रेस-एमालेको सहयोगमा राजसंस्था फर्काएर हिन्दु राष्ट्र कायम गर्न सकिन्छ : लिङ्देन

काठमाडौं, साउन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमालेको सहयोग लिएर नेपालमा राजसंस्था फर्काएर हिन्दु राष्ट्र कायम गर्न सकिने बताएका छन्। 

राप्रपाको अहिलेको भन्दा बलियो हैसियत बनाउन सके कांग्रेस–एमालेलाई पनि राजसंस्था र हिन्दु राज्यका लागि सहमत गराउन सकिने दाबी उनले गरेका हुन्।

आज (शनिबार) राप्रपाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि आफूहरुले दुई तिहाइ बहुमत ल्याउनैपर्ने स्थिति नरहेको बताए।

‘राप्रपाजस्तो पार्टीले दुई तिहाइ बहुमत नल्याए पनि एउटा बलियो हैसियत प्राप्त गरेपछि यही कांग्रेस–एमालेहरुलाई यो देशमा कुनै न कुनै प्रकारको राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्न वातावरण बनाउन सकिन्छ,’ उनले भने, ‘पहिले संविधानसभा नचाहेको कांग्रेस–एमाले माओवादी केन्द्रको प्रभावमा परेर संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमा सहमति जनाएका थिए। 

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्