इँटा बोकेको ट्रक त्रिशुलीमा खस्यो
चितवन, साउन २८ : इँटा बोकेको ट्रक त्रिशुलीमा खसेको छ। इँटा बोकेको ट्रक पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशुलीमा खसेको हो।ट्रक...
चितवन, साउन २८ : इँटा बोकेको ट्रक त्रिशुलीमा खसेको छ। इँटा बोकेको ट्रक पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशुलीमा खसेको हो।
ट्रक आज बिहान नौ बजेतिर त्रिशुलीमा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।
मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको ट्राफिक प्रहरीले जनाएको छ।
ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ । ट्रक बाहिर निकाल्ने प्रयास जारी रहेको छ । घटनाको थप जानकारी आउँन बाँकी छ ।
प्रकाशित मिति: १०:४१ बजे, शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











