माओवादीको स्थायी कमिटी बैटक सुरु, सिट बाँडफाँड र चुनावी तयारीका विषयमा छलफल हुने
काठमाडौं, साउन २८ : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।पार्टी मुख्यालय पेरिसडाँडामा केही समय अगाडि सुरु भएको...
काठमाडौं, साउन २८ : सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।
पार्टी मुख्यालय पेरिसडाँडामा केही समय अगाडि सुरु भएको बैठकमा आसन्न संघीय चुनावको तयारी र सत्ता गठबन्धनबीच चुनावी भागवण्डाको विषयमा छलफल हुने छ। यस्तै, अध्यक्ष प्रचण्डको जापान भ्रमणमा पनि बैठकमा छलफल हुनेछ।
संघ र प्रदेशको निर्वाचनमा सत्तारुढ दलहरुबीच चुनावी गठबनध्न गर्ने सहमति भइसकेको छ। तर, सिटी बाँडफाँडको भने टुंगो लाग्न सकेको छ। सिट बाँडफाँडका लागि कांग्रेस नेता कृष्ण सिटौलाको संयोजकत्वमा एक समिति पनि बनाइएको छ।
प्रकाशित मिति: १०:२३ बजे, शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











