आज नेपाल आउँदै मुख्य प्रशिक्षक प्रभाकर
काठमाडाैं, साउन २८ : भर्खरै नेपाली नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकर आज नेपाल आउँदै छन्। गत सोमबार मुख्य...
काठमाडाैं, साउन २८ : भर्खरै नेपाली नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका मनोज प्रभाकर आज नेपाल आउँदै छन्। गत सोमबार मुख्य प्रशिक्षक बनेका प्रभाकर आज नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
गत महिना भएको नेपाली टिमको स्कटल्यान्ड भ्रमण लगत्तै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि उनको स्थानमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेटको लामो अनुभव बटुलेका भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो।
भारतीय राष्ट्रिय टिमका पूर्व अलराउन्डर प्रभाकर रणजी ट्रफीका उपाधि विजेता प्रशिक्षक हुन्। उनले रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपीको प्रशिक्षकका रुपमा काम गरेका थिए। यस्तै, उनले अफगानिस्तानको राष्ट्रिय टिमको प्रशिक्षकका रुपमा पनि काम गरेका छन्।
एक दशक भारतीय टिममा बिताउँदा प्रभाकरले ३९ टेस्ट र १३० एकदिवसीय खेल खेलेका छन्।
केन्या भ्रमणबाट प्रभावकले औपचारिक रुपमा नेपाली टिम सम्हाल्ने छन्। नेपालले अगस्त २५देखि ५ सम्म केन्या भ्रमण गर्ने तालिका छन्। केन्या भ्रमणमा नेपालले ५ खेलको टि–२० र तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ।
भ्रमणका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा टिम घोषणा गरिसकेको छ। पूर्वकप्तान ज्ञानेन्द्र मल्लासँगै साहब आलम र विवेक यादवले पुनरागमन गर्दा ओपनर कुशल भुर्तेल र विदोन भण्डारी भने टिममा अटाउन सकेका छैनन्। यस्तै, कुशलको स्थानमा युवा ओपनर अर्जुन साउदले पनि पहिलो पटक टिममा मौका पाएका छन्।











