Kathmandu Press

ओसासुनासँग हार्‍यो सेभिया

काठमाडाैं, साउन २८ : स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबार रातिबाट सुरु भएको छ। इल साडर मैदान शुक्रबार राति घरेलु टोली ओसासुना र...
ओसासुनासँग हार्‍यो सेभिया

काठमाडाैं, साउन २८ : स्पेनिस ला लिगाको नयाँ सिजन शुक्रबार रातिबाट सुरु भएको छ। इल साडर मैदान शुक्रबार राति घरेलु टोली ओसासुना र सेभियाबीचको खेलसँगै ला लिगाको नयाँ सिजन सुरु भएको हो।

सेभियाले सिजनको सुरुआत हारबाट गरेको छ। शुक्रबार राति भएको खेलमा सेभिया ओसासुनासँग २–१ले पराजित भयो । खेलमा ओसासुनाका लागि इजिक्वेल एभिला र एइमज ओरोजले गोल गरे भने सेभियाका राफा मिरले गोल फर्काए।

नवौं मिनेटमा इजिक्वेल एभिलाले हेडिङमार्फत गोल गर्दै ओसासुनाले सुरूआती अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि नै सेभियाले खेललाई बराबरीमा ल्यायो । पापु गोमेजको पासमा पासमा मिरले गोल गरेका थिए।

खेलको पहिलो हाफ १–१ गोलको बराबरीमै सकियो । ७४औं मिनेटमा ओसासुनाले खेलमा पुनः अग्रता लियो । गोमेजले ओसासुनाका खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा ओरोजले गोल गरेका थिए। खेलमा त्यसपछि गोल नहुँदा ओसासुना विजयी भयो।

ला लिगा अन्तर्गत शनिबार तीन खेल हुनेछ । जसमा सेल्टाभिगो र स्पानियोल, भालाडोलिड र भिल्लारियल तथा रायो भालेकानो र बार्सिलोना भिड्ने छन्।

प्रकाशित मिति: ०९:४२ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्