Kathmandu Press

महाकाली नदीमा बगेर दुई बालिका बेपत्ता

बैतडी, साउन २८ : महाकाली नदीमा बगेर बैतडीका दुई बालिका बेपत्ता भएका छन्।दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता...
महाकाली नदीमा बगेर दुई बालिका बेपत्ता

बैतडी, साउन २८ : महाकाली नदीमा बगेर बैतडीका दुई बालिका बेपत्ता भएका छन्।

दशरथचन्द नगरपालिका–८ का १६ वर्षीया कविता टमटा र १५ वर्षीया सङ्गीता टमटा शुक्रबार महामालीमा बगेर बेपत्ता भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए।

शुक्रबार दिउँसो नुहाउने क्रममा महाकाली नदीस्थित नगतडीबाट बेपत्ता भएका हुन्। प्रहरी र प्रशासनलाई भने बेलुका मात्रै खबर आएको उनले बताए।

बालिका बेपत्ता भएका खबर पाउनासाथ सुरक्षा निकाय परिचालन गरिएको छ। घटनाबारे बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीसमेत घटनास्थलतर्फ गएका छन्।

प्रकाशित मिति: ०७:४६ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्