Kathmandu Press

डायलायसिस मेसिन आयो, जडान गर्न प्राविधिक छैनन्

तुलसीपुर, साउन २८: जडान गर्ने प्राविधिक नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको १८ डायलायसिस मेसिन अलपत्र परेका छन्। साउन १३ गते राप्ती स्वास्थ्य विज्ञान...
डायलायसिस मेसिन आयो, जडान गर्न प्राविधिक छैनन्

तुलसीपुर, साउन २८: जडान गर्ने प्राविधिक नहुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पठाएको १८ डायलायसिस मेसिन अलपत्र परेका छन्। 

साउन १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा १० र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका लागि आठ मेसिन दाङ आएका हुन्। तर जडानको काम अघि बढेको छैन। जडान गर्न प्राविधिक नआएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका डायलायसिस प्रमुख लीना बडेलले बताइन्।

मेसिन आएपनि अन्य सामग्री नआएको उनले बताइन्। ‘मेसिनसँग सम्बन्धित अन्य सामग्री आउनुपर्छ’, उनले भनिन्, ‘प्राविधिक आउनुपर्छ, प्राविधिक नआएसम्म जडान हुँदैन।’

अहिले राप्ती प्रादेशिक अस्पतालमा पाँच डायलायसिस मेसिन छन् जसबाट २३ जनाले सेवा लिइरहेका छन्। थप आठ मेसिन जडान भएमा ६० जनासम्म बिरामीले सेवा पाउने अस्पतालले जनाएको छ। 

त्यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच मेसिन छन्। पाँच मेसिनबाट अहिलेसम्म २५ बिरामीले सेवा लिइरहेकामा १० मेसिन थपिएसँगै यस क्षेत्रका धेरै बिरामीले सेवा पाउने सूचना अधिकारी निशान भट्टराईले बताए। 

उनकाअनुसार अहिले दुई चरणमा मात्रै सेवा दिने गरिएको छ। अब भने चौबीसै घण्टा सेवा दिन सकिनेछ। अहिले करिब ४० बिरामी उपचारको प्रतीक्षामा छन् । उनीहरूलाई पनि सेवा दिन सकिनेछ। 

लमही रोटरी क्लबको पहलमा डायलायसिस सेन्टर सञ्चालनमा छ। यहाँ ३० बिरामीले सेवा लिइरहेका छन्।(रासस)

प्रकाशित मिति: ०६:५७ बजे, शनिबार, साउन २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्