कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समितिको बैठक
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।सभापति शेरबहादुर देउवाले भोलि (शनिवार) बिहान ९ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा...
काठमाडौं, साउन २७ : नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले भोलि (शनिवार) बिहान ९ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बैठक बोलाएका हुन्। आगामी मंसिर ४ गते हुने निर्वाचन प्रयोजनका लागि दल दर्ताको निर्णय गर्न बैठक बोलाइएको बताईएको छ ।
बैठकमा दल दर्ताको निर्णयसँगै आगामी निर्वाचन तयारी, भदौ २ देखि २४ गतेसम्म देशव्यापी सञ्चालन हुने अभियान, साउन ३० र ३१ गते हुने जनप्रतिनिधिको प्रशिक्षणको विषयमासमेत छलफल हुने छ ।
प्रकाशित मिति: २०:३५ बजे, शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











