Kathmandu Press

नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : उपसभामुख भुषाल

काठमाडौं, साउन २७  : उपसभामुख पुष्पा भुषालले  नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । रक्षावन्धनको...
नेपाल भारतको सम्बन्ध आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्छ : उपसभामुख भुषाल

काठमाडौं, साउन २७  : उपसभामुख पुष्पा भुषालले  नेपाल भारतबीच रहेको परम्परागत सम्बन्धलाई आगामी दिनमा आर्थिक विकासमा केन्द्रीत गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । 

रक्षावन्धनको अवसरमा आज पर्साको वीरगञ्जमा नेपाल–भारत सहयोग मन्चद्वारा आयोजीत कार्यक्रममा उनले सामाजिक, सांस्कृतिक  र कुटनीतिक रुपमा रहेको सम्बन्ध आर्थिक क्रियाकलाप र पूर्वाधार विकासमा विस्तार गर्नुपर्ने धारणा राखे । 

भारतका सांसद एवंम् भारतीय जनता पार्टीका नेता डा सञ्जय जयसवालले नेपाल र भारतबीचको सम्बन्ध आगामी दिनमा अझै बलियो र सुमधुर बनाउँदै लानुपर्ने धारणा राखे । 

मधेश प्रदेशका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्मा, पूर्वमन्त्री अजय चौरसिया, वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलगायतले नेपाल र भारतबीचको ऐतिहासीक सम्वन्धबारे सो अवसरमा चर्चा गरेका थिए । 

प्रकाशित मिति: २०:२६ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्