युईएफए वर्ष खेलाडीका लागि बेन्जिमा, डे ब्रुयन र कोर्टुवाको भीडन्त

काठमाडौं, साउन २७ : युरोपियन फुटबल महासंघ (युईएफए) ले फिफा वर्ष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ ।
शुक्रबार सर्वाजनिक भएको अन्तिम मनोननय अनुसार पुरुषतर्फको वर्ष खेलाडीका लागि रियल मड्रिडका करिम बेन्जिमालाई म्यान्चेस्टर सिटीका केभिड डे ब्रुयन र रियलमै थिवाउट कोर्टुवाले चुनौती दिने छन् ।
रियललाई च्याम्पियन्स लिग, ला लिगा र स्पेसिन सुपर कप उपाधि दिलाउन बेन्जिमा र कोर्टुवाको भूमिका महत्वपूर्ण थियो । बेन्जिमाले अघिल्लो सिरिजमा रियलका लागि ४६ खेलमा ४४ गोल गरेका थिए । कोर्टुवाले अघिल्लो सिजन ५२ खेलमा १६ क्लिनसिट राखेका थिए ।
यसैगरी म्यान्चेस्टर सिटीलाई प्रियिमर लिग उपाधि दिलाउन डे ब्रुयनको भूमिका पनि महत्वपूर्ण थियो । सिटीका लागि उनले गत सिजन १९ गोल र १४ असिस्ट गरेका थिए।
पुरुष वर्ष खेलाडीको सूचीमा स्टार खेलाडीद्वय क्रिस्टियानो रोनाल्डो र मेसी पनि शीर्ष १५मा पनि अटाउन सकेनन् । अघिल्लो सिजन रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेपनि उनको टिम म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन पनि सकेको थिएन ।
यता, पिएसजीबाट मेसीले उपाधि जिते पनि उनको प्रर्दशन भने ठीक ठाक मात्र थियो। वर्ष खेलाडीको सूचीमा रोबर्टो लेवान्डोस्की चौथो, लुका मोड्रिच पाँचौं, साडियो माने छैठौं, मोहमद सलाह सातौं, केलियन एमबाप्पे सातौं, भिनिसियस जुनियर आठौं, भिर्गिल भान डाइक नवौं र ण्बेर्नार्डो सिल्भा १०औं स्थानमा छन्।
यस्तै, वर्षको उतकृष्ट प्रशिक्षकका लागि रियल मड्रिडका कार्लो एन्सोलोटी, म्यान्चेस्टर सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गेन क्लोपबीच भीडन्त हुने भएको छ।











