काठमाडौं उपत्यकामा २९४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, साउन २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा २ सय १२, ललितपुरमा...
काठमाडौं, साउन २७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा २ सय १२, ललितपुरमा ६३ र भक्तपुरमा १९ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय ९१ पुगेको छ। तीमध्ये काठमाडौंमा २ हजार ८ सय ६४, ललितपुरमा ८ सय ३९ र भक्तपुरमा ८८ रहेको मन्त्रालयले जनाएको छ।
शुक्रबार देशभर ७ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि हुँदा सक्रिय संक्रमितको संख्या ५ हजार ७ सय ७५ पुगेको छ।
प्रकाशित मिति: १५:५८ बजे, शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











