Kathmandu Press

थप ७८१ जनामा कोरोना संक्रमण, दुईको मृत्यु 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा परीक्षण गर्दा  ७८१ जनामा संक्रमण पुष्टि भएको हो । 
थप ७८१ जनामा कोरोना संक्रमण, दुईको मृत्यु 

काठमाडौं, साउन २७ : मुलुकभर पछिल्लो चौबिस घन्टाको अवधिमा ४ हजार ७१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनामा परीक्षण गर्दा  ७८१ जनामा संक्रमण पुष्टि भएको हो । 

जसमध्य २ हजार २९० जनामा पीसीआर परीक्षण गर्दा ४१९ र २ हजार ४२२ जनामा एन्टीजेन परीक्षण गर्दा ३६२ जनामा संक्रमण देखिएको हो ।

सोही अवधिमा ५११ जना संक्रमणमुक्त हुँदा २ संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या पीसीआर फर्त ९ लाख ९२ हजार ५६५ जना पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ४६ हजार ६६१ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७४ हजार ८०६ पुगेको छ । 

हालसम्म ११ हजार ९८४ संक्रमितको मृत्यु भएको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ७७५ पुगेको छ। 
 

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्