Kathmandu Press

मधेस प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

मधेस प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

जनकपुरधाम, साउन २७ : मधेस प्रदेशसभाको चालु नवौँ अधिवेशन गएरातिदेखि अन्त्य भएको छ।

मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेका हुन्। 

नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सरकारको सिफारिमा प्रदेश प्रमुख मिश्रले गएराति १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गर्नुभएको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । 

यही २०७९ जेठ १९ गतेदेखि सुरु भएको प्रदेशसभाको नवौँ अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवले बताए।

प्रकाशित मिति: १५:१६ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्