Kathmandu Press

पूर्वप्रधानमन्त्री कोइरालाको ८३औं जन्मजयन्ती मनाइँदै

काठमाडाैं, साउन २७ : पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३आ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।१९९७ साउन २७ गते जन्मेका नेपाली कांग्रेसका पूर्व सभापति...
पूर्वप्रधानमन्त्री कोइरालाको ८३औं जन्मजयन्ती मनाइँदै

काठमाडाैं, साउन २७ : पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८३आ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।

१९९७ साउन २७ गते जन्मेका नेपाली कांग्रेसका पूर्व सभापति एवं २०७२ को संविधान बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका कोइरालाले जीवनपर्यन्त प्रजातान्त्रिक सिद्धान्त अनुकूलको आचरण गरे। राजनीतिमा निष्ठा, इमान्दारिता र सादगीको शक्ति कति हुन्छ भन्ने कुरालाई स्थापित गर्न उहाँको  योगदान महत्वपूर्ण थियो। स्व. नेता कोइरालाको स्मरणमा आज विभिन्न कार्यक्रम गरिने जनाइएको छ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लाग्नुभएका उनले सधैँ सत्यको वकालत गर्नाका साथै सादगी जीवनयापन गरे। त्यसैको फलस्वरुप नेपाली जनताको २००७ साल देखिको चाहना बमोजिम संविधानसभाबाट संविधान बनाउने अभिभारा स्व. नेता कोइरालाको कार्यकालमा पूरा भएको थियो। संविधान जारी गर्नुहुन्न भन्ने शक्तिकेन्द्रको तीव्र दबाबका बाबजुद उनको अडानले २०७२ साल असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। 

राजनीतिमा निष्ठा, आदर्श र सिद्धान्तको बलले नेता कोइरालाले सफलता पाउनुभएको सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

फाउन्डेसनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइराला र सदस्यसचिव अतुल कोइरालाले आज जारी गर्नुभएको वक्तव्यमा आजको युगमा कोइरालाजस्ता इमान्दारी र नैतिकतामा अडिग नेतृत्वको आवश्यकता रहेको उल्लेख छ। सरकारको नेतृत्वमा पुगेर पनि वेदाग फिर्ता हुन सक्नुले नेतृत्वगणलाई स्व नेता कोइरालाबाट शिक्षा मिल्ने वक्तव्यमा उल्लेख छ।

कोइरालाले जीवनमा पुर्‍याएको योगदानको सम्झनामा फाउन्डेसनले विभिन्न कार्यक्रम गर्दै आएको छ। फाउन्डेसनको संरक्षकमा प्रधानमन्त्री शेरबहादुर देउवा छन्।

प्रकाशित मिति: १५:०८ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्