Kathmandu Press

लतिपुरको पाटनस्थित कुम्भेश्वरमा मेला

काठमाडाैं, साउन २७ : वैदिक सनातन धर्मावलम्बीले रक्षाबन्धन अर्थात् जनैपूर्णिमा पर्व मनाएका छन्।हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी शुक्रबार...
लतिपुरको पाटनस्थित कुम्भेश्वरमा मेला

काठमाडाैं, साउन २७ : वैदिक सनातन धर्मावलम्बीले रक्षाबन्धन अर्थात् जनैपूर्णिमा पर्व मनाएका छन्।

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी शुक्रबार जनै धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइएको हो।

श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यस पर्वका अवसरमा लतिपुरको पाटनस्थित कुम्भेश्वरमा मेला लागेको छ। जनैपूर्णिमाको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ।

यसरी वैदिक मन्त्रोच्चारण गरेको जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ। जनैपूर्णिमाको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ।

सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ।

सोही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने गर्दछन्।

त्यस्तै जनैपूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ। यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ।

जनैपूर्णिमाकै दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ।

 

प्रकाशित मिति: १३:३३ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्