Kathmandu Press

विश्वकप फुटबलको खेल तालिका परिवर्तन

जुरिच, साउन २७ : विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ।कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने...
विश्वकप फुटबलको खेल तालिका परिवर्तन

जुरिच, साउन २७ : विश्वभरका फुटबल खेलप्रेमीहरूले महाकुम्भको रूपमा लिएको विश्वकप फुटबल प्रतियोगिताको खेल तालिका परिवर्तन भएको छ।

कतारमा आगामी मङ्सिर ५ गतेदेखि प्रारम्भ हुने फिफा वल्डकप २०२२ एक दिन अगाडि अर्थात् मङ्सिर ४ गतेदेखि हुने भएको छ। 

निर्धारित मितिभन्दा एक दिन अगाडि उद्घाटन समारोह र उद्घाटन खेल प्रतियोगिता आयोजक देश कतारसँग हुने कार्यतालिकामा केही हेरफेर गरिएको अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले घोषणा गरेको छ।

मूल खेल तालिकाअनुसार मङ्सिर ५ गतेका लागि निर्धारण गरिएको सेनेगल र नेदरल्याण्डस्बीचको खेल सोही दिन हुनेछ तर उद्घाटन समारोह र हरेक चार वर्षपछि हुने विश्कप प्रतियोगिताको पहिलो खेल भने अब मङ्सिर ४ गते अपराह्न ७ बजे कतार र इक्वेडरबीच हुनेछ।

यसअघि मङ्सिर ५ गतेका लागि सेनेगल र नेदरल्याण्डस् तथा कतार र इक्वेडरबीच स्पर्धा हुने कार्यक्रम निर्धारण भएको थियो। 

फिफाले विश्कप फुटबल प्रतियोगितको परम्पराअनुसार खेल आयोजक राष्ट्र र डिफेन्डिङ च्याम्पियनबीच पहिलो स्पर्धा गराउने लामो समयदेखिको अभ्यासलाई सुनिश्चित गर्न पहिलो दिनको खेल तालिकामा केही परिवर्तन गरिएको स्पष्ट गरेको छ।

बाँकी खेलहरू पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुने पनि फिफाले प्रस्ट पारेको छ। 

प्रकाशित मिति: १२:५० बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्