Kathmandu Press

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश 

काठमाडौं, साउन २७ : अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। शुक्रबार बिहान आयोजित एक कार्यक्रमकाबीच अभिनेता शाही कांग्रेस प्रवेश गरेका हुन् । उनलाई...
अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश 

काठमाडौं, साउन २७ : अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन्। 

शुक्रबार बिहान आयोजित एक कार्यक्रमकाबीच अभिनेता शाही कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए । अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए ।  उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएकोसमेत बताए ।

मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदय शम्शेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए।

अभिनेता शाहीले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन् । 

प्रकाशित मिति: १०:२९ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्