Kathmandu Press

समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक : उपसभामुख भुसाल

वीरगञ्ज, साउन २६ : उपसभामुख पुष्पा भुसालले मुलुकको विकासका लागि बलियो अर्थनीति आवश्यक रहेको बताएकी छन। पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ...
समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक : उपसभामुख भुसाल

वीरगञ्ज, साउन २६ : उपसभामुख पुष्पा भुसालले मुलुकको विकासका लागि बलियो अर्थनीति आवश्यक रहेको बताएकी छन। पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भुसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि  बलियो अर्थनीति आवश्यक रहेको बताइन।

नेपालमा विदेशी लगानी भित्र्याउन लालायीत हुने अवस्था सिर्जना भएको जिकिर गर्दै उपसभामुख भुसालले समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक रहेको बताइन।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणपश्चात् देशको आर्थिक विकासमा टेवा पुग्ने दाबी गर्दै उपसभामुख भुसालले प्रदेशमा गुरुयोजना बनाएर पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन। सो क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताले समग्र मधेस प्रदेशको औद्योगिक अवस्थाबारे उपसभामुख भुसाललाई जानकारी गराएका थिए।

प्रकाशित मिति: २०:३८ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्