Kathmandu Press

महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त 

काठमाडौं, साउन २६ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा कुमारी राउत मिश्र नियुक्त भएकी छिन् ।नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको...
महिला संघको अध्यक्षमा उषा कुमारी राउत नियुक्त 

काठमाडौं, साउन २६ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा कुमारी राउत मिश्र नियुक्त भएकी छिन् ।

नेपाली कांंग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति श्री शेरबहादुर देउवाद्वारा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ— नेपाल महिला संघको अध्यक्ष पदमा श्री उषा कुमारी राउत मिश्र (सिरहा) लाई नियुक्त गर्नु भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । 
 

प्रकाशित मिति: २०:३२ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्