Kathmandu Press

पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं, साउन २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भई पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन।पार्टी स्कुल...
पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

काठमाडाैं, साउन २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीका कार्यकर्ता अध्ययनशील भई पठन संस्कृतिलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन।

पार्टी स्कुल विभागले सञ्चालन गरेको प्रशिक्षण कार्यक्रमको आज समापन समारोहमा अध्यक्ष नेपालले मानव जीवनमा ज्ञान र सिकाइको महत्व हुने बताए। उनले प्रशिक्षार्थीलाई प्रशिक्षणमा सिकेका ज्ञान, सीप तथा सिद्धान्तलाई व्यवहारमा कार्यान्वयन गरी ती सैद्धान्तिक विषयवस्तुका कार्यक्रमलाई प्रदेश, जिल्ला तहसम्म पुर्‍याउनुपर्नेमा जोड दिए।

उनले मुलुकको समसामयिक राजनीतिमा व्यक्तिवादी हाबी भएको बताउँदै यस्तो परिस्थितिमा निजी स्वार्थबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिए। जनताको सामाजिक रुपान्तरण तथा मुलुकको विकास समृद्धिमा कम्युनिष्ट पार्टीप्रति जनताको अपेक्षा रहेकाले त्यस आदर्शप्रति समर्पित रहन नेता तथा कार्यकर्तालाई आग्रह गरे। तीन सातासम्म सञ्चालित उक्त प्रशिक्षणमा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका ६५ प्रतिनिधि सहभागी थिए।

प्रकाशित मिति: २०:१९ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्