एन्फा कार्यसमिति बैठकले गर्यो १९ निर्णय (सूचीसहित)
काठमाडौं, साउन २६ : अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक विभिन्न निर्णय गर्दै सकिएको छ। पंकजविक्रम नेम्वाङ अध्यक्ष भएपछि विवाद...
काठमाडौं, साउन २६ : अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठक विभिन्न निर्णय गर्दै सकिएको छ। पंकजविक्रम नेम्वाङ अध्यक्ष भएपछि विवाद र अन्य कारणले बस्न नसकेको बैठकले बिहीबार विभिन्न निर्णय गरेको हो।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठक विभिन्न १९ वटा निर्णय गरेको हो। एन्फामा विवादबीच यसअघि साउन ५ मा पनि बैठक डाकिएको थियो। तर त्यसबेला रोकिएको बैठक बिहीबार बसेर विभिन्न निर्णय गरेको हो।
यो बैठकले आगामी असोज १२ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको छ। त्यसैगरी एन्फा कार्य समितिको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ र वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई मनोनयन गरेको छ।
आजैको बैठकबाट आगामी असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ।



प्रकाशित मिति: २०:१५ बजे, बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











