Kathmandu Press

कांग्रेस संसदीय दलद्वारा गिरी र घलेको स्वास्थ्यलाभको कामना

काठमाडौं, साउन २६ : नेपाली कांग्रेस संसदीय दलले स्वास्थ्य उपचाररत पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्यद्वय प्रदीप गिरि र कर्मा घलेको स्वास्थ्यलाभको कामना गरेको...
कांग्रेस संसदीय दलद्वारा गिरी र घलेको स्वास्थ्यलाभको कामना

काठमाडौं, साउन २६ : नेपाली कांग्रेस संसदीय दलले स्वास्थ्य उपचाररत पार्टीका नेता एवं प्रतिनिधिसभा सदस्यद्वय प्रदीप गिरि र कर्मा घलेको स्वास्थ्यलाभको कामना गरेको छ ।

पार्टीका सचेतक मीनबहादुर विश्वकर्माले आज एक विज्ञप्तिमार्फत गिरि र घलेको स्वास्थ्य लाभको कामना गर्दै उहाँहरुको प्रभावकारी उपचारका लागि सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल व्यवस्थापनसँग अनुरोध गरेका हुन् । 

कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य गिरि विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपश्चात् केही महिना पहिले नेपाल आएका थिए । नेपाल आउनासाथ निमोनिया देखिएकाले नेपाल मेडिसिटी अस्पताल भर्ना भई उपचार भइरहेको छ । चिकित्सक एवं परिवार स्रोतका अनुसार उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ ।

यसैगरी कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य कर्मा घले पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालमा उपचार गराई नेपाल फर्किना साथ पुनःस्वास्थ्य समस्या दोहोरिएपछि मेडिसिटी अस्पतालमै केही दिन उपचार गरेका थिए । उनको हाल नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा थप उपचार भइरहेको पार्टी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १९:५३ बजे, बिहीबार, साउन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्